राजेन्द्र न्यौपाने
गोरखा ४ असार । डुम्रै बेशिसहर सडक खण्डको भानु नगरपालिका स्थित तनहुँको तुरतुरे हुँदै गोरखाको पालुङटार जाने सडक मस्र्याङ्दी नदिको कटानका कारण अवरुद्ध भएको छ ।
नदिको कटानका कारण तनहुँ तर्फको पुल जीपको भागबाट हिड्न र सवारी साधन गुडाउन नमिल्ने भएको हो । नदीमा आएको बाढीले पुलमा क्षति पुगेसंगै आवातजातावमा समस्या भएको स्थानीयले बताएका छन् ।
उत्त पुल तनुहँबाट गोरखा प्रवेश गर्ने मुख्य नाका मध्यकै एक हो ।