गोरखा, ४ असार । गोरखामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालुङटार नगरपालिमा ७ जना र शहिद लखन गाउँपालीकामा ४ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । पालुङटार नगरपालीकाको ३२, २८, ४१, ४३, ४५ र ४६ वर्षका छ जना पुरुष र ४० वर्षिया एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै शहिदलखन गाउँपालिकामा २७, ३१, ३८ र ५४ वर्षका चार जना पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । आज भेटिएका संक्रमितहरु सबै भारतबाट आएर स्थानीय तहको क्वारेटाइनमा बसेकाहरु रहेकाछन् ।
