Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा अस्पतालमा उपचाररत २४ जना कारोना संक्रमितको अबस्था कस्तो छ ? यो हेर्नुहोस् ।


1.8K
Shares

गोरखा अस्पतालमा उपचाररत २४ जना कारोना संक्रमितको अबस्था कस्तो छ ? यो हेर्नुहोस् ।

गोरखा ३, असार । गोरखा अस्पतालमा उपचाररत कारोना संक्रमितहरुको अबस्था स्थिर रहेको अस्पतालले जनाएको छ । अस्पतालले आज एक बिज्ञप्ती जारी गर्दै आइसोलेसन वार्डमा उपचाररत २४ जना संक्रमितहरु सवैको अबस्था स्थिर रहेको जनाएको हो ।

अस्पतालका बिशेषज्ञ चिकित्सक डा. सन्तोष वास्तोलाले जारी गर्नुभएको बिज्ञप्तीमा बिरामीहरुको स्वास्थ्य अबस्था हाल स्थित रहेको उल्लेख गरिएको छ । गोरखामा हिजो १० जनामा कोरोना संंक्रमण पुष्टी भएसंगै अस्पतालको आइसोलेसन अहिले २४ जना कोरोना संक्रमितहरु उपचाररत छन् । जिल्ला पहिलो पटक गएको जेठ २४ गते १० जनामा कोरोना संक्रमणको पुष्टी भएको थियो भने दोस्रो पटक ४ जनामा तेस्रो पटक पुनः १० जनामा संक्रमणको पुष्टी भएको हो ।

संक्रमणको पुष्टी भएकाहरुलाई अहिले गोरखा अस्पतालमा निर्माण गरिएको आइसोलेसन वार्डमा चिकित्सकको निगरानीमा राखिएको छ । पिसिआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि मात्र उनिहरुलाई घर पठाइनेछ ।

गोरखा अस्पतालको आईसोलेसन वार्डमा गण्डकी गाउँपालिका १० जना, पालुङटार नगरपालिकाका १ जना, भीमसेन थापा गाउँपालिका ४ जना र गोरखा नगरपालिका ९ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology