गोरखा ३, असार
गोरखाको शहिद लखन गाउँपालिका भित्र क्वारेन्टाइनमा रहेका ६ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । गाउँपालिकाको वडा नम्बर ७ को बुङ्कोटमा रहेको शहिद स्मृति माध्यामिक बिधालयको क्वारेन्टाइनमा रहेका १२ जना मध्ये ६ जनाको रिर्पोट आज प्राप्त भएको गाउँपालिका अध्यक्ष रमेश थापामगरले जानकारी दिनुभयो ।
बाँकी ६ जनाको रिर्पोट अझै नआएको उहाँले बताउनुभयो । भारतबाट आई क्वारेन्टाइनमा रहेका उनिहरुको गएको जेठ २६ गते स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको थियो ।