Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कुटपिटमा संलग्नलाई कारवाही गर्न नेविसंघ गोरखाको माग


4.2K
Shares

कुटपिटमा संलग्नलाई कारवाही गर्न नेविसंघ गोरखाको माग

गोरखा २, असार-  नेपाल बिधार्थी संघ गोरखाले संगठनका नेता रोजन गुरुङ माथि सोमबार भएको कुटपिटको घटना प्रति संगठनको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

नेविसंघ गोरखाका सचिव मिलनसिंह बस्नेतद्धारा मंगलबार हस्ताक्षरित एक प्रेस बिज्ञप्ती जारी गर्दै धार्चे गाउँपालिका–४ लाप्राकमा एक स्थानीय लघु जलबिद्युत आयोजनाको बिषयलाई लिएर गुरुङ माथि स्थानीय असल गुरुङ, मनिन्द्र गुरुङ लगायतका ८/९ जनाको समुहले कुटपिट गरेको भन्दै घटनाको भत्र्सना गरिएको छ ।

साथै कुटपिटमा संलग्न सवैलाई तत्काल कानुनी कारवाही गर्न बिज्ञप्ती मार्फत स्थानीय प्रसासन संग नेविंसघले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology