Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सांसद अधिकारीको दबाव दिएपछि उत्तरी गोरखाका लागि १५ सय क्विन्टल अनुदानको चामल थप


3.9K
Shares

सांसद अधिकारीको दबाव दिएपछि उत्तरी गोरखाका लागि १५ सय क्विन्टल अनुदानको चामल थप

राजेन्द्र न्यौपाने

गोरखा, २ असार । निर्वाचन क्षेत्र नं. १ का सांसद हरिराज अधिकारीले उत्तरी गोरखामा बर्सेनी पर्ने खाद्य संकटको बारेमा संसद मार्फत सरकारलाई पटक पटक दबाब दिएपछि सिर्दीवास डिपोका लागि एक हजार पाँचसय क्वीन्टल खाद्यन्न थप भएको छ । गएको केही दिन अघि पनि संसदको बैठकमा पनि सांसद अधिकारीले आफुले सरकारलाई उत्तरी गोरखामा खाद्यन्यको अभाव भएको तर सरकारले सुनुवाई नगरेको भन्दै आपत्ती जनाउनु भएको थियो । उहाँले ससंद मार्फत सरकारलाई दबाब दिएपछि पन्ध्र सय क्विन्टल चामल थप भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाका अनुसार यतिबेला सिर्दीवासमा सातसय क्वीन्टल, माछाखोला डिपोमा तीनसय उनान्चालिस, जिल्ला गोदाममा एक हजार चारसय पैसठ्ठी क्वीन्टल चामल रहेको छ । थपिएको कोटाको चामल विरगंजबाट आइसकेको र त्यसलाई माछाखोला तर्फ ढुवानी भैरहेको शाखाका प्रमुख नविन बस्नेतले जानकारी दिनुभयो ।

उत्तरी गोरखामा उर्वर भूमिको अभावको कारण त्यहाँ उत्पादन भएको खाद्यन्नले वर्ष भरी नपुग्ने भएपछि नेपाल सरकारको ढुवानी अनुदानमा कम्पनीको कार्यालयबाट खाद्यन्न विक्री गर्ने गरेको छ । उपभोक्ताले आवश्यकताको आधारमा सोना मन्सुली प्रतिकेजी ५० रुपैयाँ, जिरा मसिनो प्रतिकेजी ६२ रुपैयाँ र जापानिज चामल प्रतिकेजी ४९ रुपैयाँमा पाउँछन् । कम्पनीबाट खरिद गरेर बजारमा विक्री गर्न भने पूर्ण रुपमा प्रतिबन्ध रहँदै आएको छ । बाटो समस्याको कारण उत्तरी गोरखामा बस्तुको वास्तविक मुल्य भन्दा ढुवानी खर्च दुईगुणा धेरै हुने गरेको छ ।

जिल्लामा सिर्दीवासका लागि तीनहजार दुईसय र माछा खोलाका लागि आठसय क्वीन्टल चामलको कोटा रहँदै आएको छ । माछा खोलासम्म गाडिबाट चामल दुवानी हुनेगर्दछ । माछाखोला माथि खच्चड मार्फत ढुवानी हुनेगर्दछ । वर्ष भरी खपत भएको आधारमा पछिल्लो वर्षका लागि खाद्य माग गर्ने गरीन्छ उपभोक्ताको उपभोगका आधारमा कुनै वर्ष खाद्य अभाव हुन्छ त कुनैवर्ष प्रयाप्त रहने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology