गोरखा १, असार- गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमका लागि आबश्यक सल्लाह सुझावका दिन आम नागरिक र सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
गाउँपालिकाका योजना अधिकृत अजय सुवेदीले एक सूचना प्रकाशन गरि नीति तथा कार्यक्रम तर्जुमा गर्दा सम्पूर्ण नागरिक समाज, नीजि क्षेत्र, गैह्रसरकारी संस्थाहरु लगायत नागरिकहरुको सार्थक सहभागिता होस् भन्ने गाउँपालिकाको धारणा रहेको उल्लेख गरिएको छ ।
गाउँपालिकाको नीति तथा कार्यक्रममा सवै तहका सरोकारवालहरुको सल्लाह सुझाव महत्पूर्ण हुने भएकाले आउदो ७ गतेसम्ममा आफ्नो राय सुझावहरु भए गाउँपालिकालाई दिन आवहन गरिएको छ ।