Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एक हप्तापछि बल्ल आयो गोरखाका २५ प्रहरी र कर्मचारी कोरोना परीक्षणको रिपोर्ट


1.9K
Shares

एक हप्तापछि बल्ल आयो गोरखाका २५ प्रहरी र कर्मचारी कोरोना परीक्षणको रिपोर्ट

गोरखा ३१, जेठ । जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत २५ जना प्रहरी र कर्मचारीका कोरोना रिर्पोट नेगेटिभ आएको छ । प्रहरी हिरासतमा रहेका १७ बर्षिय युवकमा कोरोना संक्रमणको पुष्टी भएपछि उनको सम्पर्कमा रहेका जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी सहित २८ जनाको स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएको थियो ।

परीक्षणका लागि पठाइएका मध्ये ३ जनाको रिर्पोट आउन भने अझै बाँकी रहेको गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । रिर्पोट आएका मध्ये १५ जना प्रहरी र १० जना कर्मचारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय भित्रै कोरोना संक्रमणको पुष्टी भएपछि जिल्ला भित्र त्रास फैलिएको थियो ।

यहीँ जेठ २५ गते प्रहरी हिरासतमा रहेका पालुङटारका १७ बर्षिय युवकलाई कोरोना संक्रमण देखिएपछि २६ गते १७ जना प्रहरी र सरकारी वकिलको कार्यालय, जिल्ला अदालतका कर्मचारी, हिरासतमा रहेका अन्य गरि २८ जनाको कोरोना परिक्षणका लागि स्वाव संकलन गरी गण्डकी प्रदेश स्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

रिर्पोट आउन बाँकी रहेकोमा २ जना प्रहरी र एक जना कर्मचारी रहेका छन् । युवकमा कोरोना संक्रमण भेटिए संगै उनिहरु सवै अहिले क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology