गोरखा २९, जेठ । बुधबार (हिजो) कोरोना संक्रमण पुष्टी भएका गोरखाको भीमसेन थापा गाउँपालिकाका ४ जना संक्रमितलाई आज गोरखा अस्पतालमा ल्याइएको छ । गोरखा अस्पतालमा निर्माण गरिएको आइसोलेसन वार्डमा ल्याएर संक्रमितहरुलाई राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।
संक्रमित व्यक्तिहरुमा भीमसेन थापा गाउँपालिका १, ५ र ६ नम्बर वडाका रहेको पुष्टी भएको थियो । संंक्रमित मध्ये वडा नम्बर १ का १ जना, वडा नम्बर ५ बगुवाका १ जना र वडा नम्बर ६ अश्राङका २ जना रहेको प्रमुख खनालले बताउनुभयो ।
सामहिक क्वारेन्टाइनमा रहेका ३ जना बगुवाको मिलन बस्ती र शान्ति स्कुलमा क्वारेन्टाइनमा बस्दै आएका थिए । थप ४ जनामा कोरोना संक्रमणको पुष्टी भएसंगै गोरखा जिल्लामा भित्र संक्रमितको संख्या ४ पुगेको छ ।
आइसोलेन वार्डमा राखेर उनिहरुको उपचार गरिने र पिसिआर नेगेटिभ देखिएपछि मात्र घर पठाइने गाउँपालिकाले जनाएको छ ।