Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गोरखामा पार्किङ गरि राखिएको कारमा आगजनी :क्षतीग्रस्त कारको अबस्था हेर्नुहोस !


2.8K
Shares

गोरखामा पार्किङ गरि राखिएको कारमा आगजनी :क्षतीग्रस्त कारको अबस्था हेर्नुहोस !

गोरखा २९, जेठ । गोरखा सदरमुकाममा पार्किङ गरिराखिएको कारमा आगलागी भएको छ । सदरमुकामको खोलखोले क्षेत्रमा पार्किङ गरिराखेको निजी कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा गनरपालिका ८ को खोलखोले क्षेत्रको सडक छेवैमा पार्किङमा राखेको बा१२ च ५९८४ नम्बरको निजी कारमा आगजनी भएको हो । आगलागीबाट कार पुर्ण रुपमा क्षेती भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

बिहिबार बिहान ४ बजे अगाडी देखी नै आगलागि भएको र फोन मार्फत जानकारी पाए लगत्तै प्रहरीले कारको आगलागी नियन्त्रणमा लिएको हो ।

कारमा आगजनी गर्ने ब्यक्तिको खोजी भई रहेको प्रहरीले जनाएको छ । कारको अगाडी भाग पुर्ण रुपमा क्षति भएको छ ।

उत्त कारलाई केही दिन अगाडी पनि जलाने प्रयासका साथ ईन्जिनको मुनीबाट आगलागी गरेको बेला प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology