Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका थप ४ जना कोरोना संक्रमित भीमसेन थापा गाउँपालिका १,५ र ६ वडाका भएको पुष्टी


4K
Shares

गोरखाका थप ४ जना कोरोना संक्रमित भीमसेन थापा गाउँपालिका १,५ र ६ वडाका भएको पुष्टी

गोरखा २८, जेठ । गोरखामा थप ४ जना कोरोना संक्रमित व्यक्तिहरु भीमसेन थापा गाउँपालिका १, ५ र ६ नम्बर वडाको रहेको पुष्टी भएको छ । उनिहरु मध्ये एक जना होम क्वारेन्टाइनमा बस्दै आएका थिए भने बाँकी ४ जना सामुहिक क्वारेन्टाइनमा बस्दै आएका थिए ।

भारतबाट फर्किएका ३ जना पूरुष र चितवनबाट आएकी २८ बर्षिय महिलामा कोरोना संक्रमणको पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो । उनिहरुको बगुवाबाट स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको थियो ।

संक्रमित मध्ये वडा नम्बर १ का १ जना, वडा नम्बर ५ बगुवाका १ जना र वडा नम्बर ६ अश्राङका २ जना रहेको पुष्टी भएको छ । उनिहरु मध्ये ३ जना बगुवाको मिलन बस्ती र शान्ति स्कुलमा क्वारेन्टाइनमा बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology