Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिकाको लडडाउनमा राहात बितरण खर्च मात्र ४६ लाख भन्दा बढि


6.8K
Shares

गोरखा नगरपालिकाको लडडाउनमा राहात बितरण खर्च मात्र ४६ लाख भन्दा बढि

गोरखा २८, जेठ । गोरखा नगरपालिका गोरखाले कोरोना भाइरस (कोभिड १९) का कारण बन्दाबन्दीमा समस्या परेकाहरुलाई ४६ लाख भन्दा बढिको राहात बितरण गरेको छ । नगरपालिकाले बन्दा बन्दीमा समस्या परेका बिपन्न, श्रमिक तथा मजदुर वर्गका लागि चामल, दाल, नुन, तेल बितरण गर्दा कुल ४६ लाख ६ हजार ३०६ रुपैया खर्च भएको नगरप्रमुख राजनराज पन्तले जानकारी दिनुभयो ।

नगरपालिकाले आज कार्यालयमा पत्रकार सम्मेलन गरि अहिलेसम्म भएका सवै खर्चको विवरण आज सार्वजनिक गरेको छ । नगरपालिका प्रकोप व्यवस्थापन कोष मार्फत कोरोना रोकथाम, नियन्त्रण र न्युनिकरणका लागि अहिलेसम्म बिभिन्न शिर्षकमा कुल ६२ लाख २५ हजार, ६५८ रुपैया रकम खर्च भएको नगरप्रमुख राजनराज पन्तले जानकारी दिनुभयो ।

नगरपालिकाले स्वास्थ्य सामग्री खरिद, राहात बितरण, क्वारेन्टिनको व्यवस्थापन लगायतमा उत्त रकम खर्च भएको नगरप्रमुख पन्तको भनाई छ । ‘प्रकोप व्यवस्थापन कोषमा बिभिन्न संघसंस्था प्रदेश सरकार तथा नगरपालिकाको आकस्मिक कोषमा रहेको रकम गरि अहिलेसम्म १ करोड ८ लाख ९० हजार ४८५ रुपैया रकम जम्मा संकलन भइसकेको छ ।’ नगरप्रमुख पन्तले भन्नुभयो ।

कोषमा खर्च भएको रकम कट्टी गरेर अहिले कुल ४६ लाख ६४ हजार ८ सय रुपैया रकम बाँकी रहेको उहाँले जानकारी दिनुभयो । कोषमा गण्डकी प्रदेश सरकारबाट रु १० लाख, नगरपालिका कर्मचारी राहत कट्टीबाट ३ लाख ९८ हजार १०९ रुपैया, नगरपालिकाको आकस्मिक कोषबाट ७ लाख ४७ हजार रुपैया नगरपालिकाको बिनियोजित बजेटबाट ८० लाख रुपैया जम्मा गरेको नगरप्रमुख पन्तले जानकारी दिनुभयो ।

कोषमा जम्मा भएको अन्य रकम बिभिन्न संघसंस्था र व्यक्तिहरुले पनि कोषमा आर्थिक सहयोग प्रदान गरेको उहाँले बताउनुभयो । नगरपालिकाले कोरोना संक्रमण सुरु भएपछि समस्यामा परेका बिपन्न, दैनिक ज्यालदारी गर्ने मजदुर गरि कुल ३ हजार २०९ घुरीका १२ हजार ६५ जनालाई राहात बितरण गरेको नगरप्रमुख पन्तले जानकारी दिनुभयो ।

राहत बितरण गर्दा पहिलो चरणमा छुटेकाहरुलाई वडा कार्यालयको सिफारिसका आधारमा दोस्रो चरणमा राहत बितरण गरिएको नगरप्रमुख पन्तले बताउनुभयो । नगरपालिकाले मानव सेवा आश्रम, बौद्धिक गोरक्ष गुरुकुल, बालमन्दिर मा.वि, गोरक्ष साधुसन्त आश्रमलाई पनि राहत वितरण गरेको जनाएको छ । नगरपालिकाले कोषबाट कट्टि हुने गरि अहिलेसम्म कुल १४ लाख, १२ हजार ७२६ रुपैया ३५ पैसाका सामान स्वास्थ्य सामग्री खरिद गरेको उहाँले जानकारी दिनुभयो ।

खरिद गरिएको उपकरणहरुमा पिपिइ सेट, भाइजर क्याप, हेड कभार, सुज कभर, केएन ९५ मास्क, हेण्ड सेनिटाइजर, ग्लोब्स्, गन थर्ममिटर भि.टि.एम लगायत रहेको नगरप्रमुख पन्तले बताउनुभयो । त्यस्तै कोरोना रोकथाममा लागि नगरपालिकालाई बिभिन्न संघसंस्थाहरुबाट सर्जिकल मास्क ६ सय थान प्राप्त भएको, थर्मल गन २९ थान सामान्य मास्क, १६ सय थान सहयोग प्राप्त भएको नगरपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology