Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गोरखामा कोरोना परीक्षणका लागि पिसिआर मेसिन खरिदको तयारी


5K
Shares

गोरखामा कोरोना परीक्षणका लागि पिसिआर मेसिन खरिदको तयारी

गोरखा २८, जेठ । गोरखामा कोरोना परीक्षणका लागि पिसिआर मेसिन खरिदका गर्न छलफल सुरु भएको छ । गोरखाका जिल्ला भित्रका ११ वटै स्थानीयतहहरु मिलेर कोरोना भाइरस (कोभिड १९) को परीक्षणका लागि पिसिआर मेसिन खरिद गर्ने बारे छलफल सुरु भएको गोरखा नगरपालिका गोरखाका प्रमुख राजनराज पन्तले जानकारी दिनुभयो ।

उहाँले केही दिन भित्र बस्ने कोरोना भाइरस (कोभिड १९ ) को रोकथाम, नियन्त्रण र न्युनिकरणका लागि गठित जिल्ला स्तरीय कमाण्डपोस्ट सहितको सर्वपक्षिय बैठक बसेर त्यस बारे निर्णय गरिने बताउनुभयो ।

जिल्ला भित्र सम्भावित कोरोना संक्रमितको परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाउदा रिर्पोट आउने समय लाग्ने भएकाले जिल्ला भित्रै उपकरण खरिद गरि परीक्षण गर्न सके सभ्भावित संक्रमितको छिटो पहिचान सकिने भएकाले मेसिन खरिदका लागि तयारी गरिएको बताउनुभयो ।

उहाँले त्यसका लागि सवै स्थानीयतहहरु मिलेर आबश्यक रकम संकलन गर्ने तयारी भएको बताउनुभयो । अहिले प्रयोगशालामा जिल्लाबाट स्वाब संकलन गरि पठाउदा रिर्पोट आउन १ हप्तासम्म लाग्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology