Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिकामा कोरोना रोकथामका लागि भएका खर्च बिबरण माग गर्ने नेकपाको निर्णय


4.3K
Shares

गोरखा नगरपालिकामा कोरोना रोकथामका लागि भएका खर्च बिबरण माग गर्ने नेकपाको निर्णय

गोरखा २७, जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा नगरपार्टी कमिटिले नगरपालिका क्षेत्र भित्र कोरोना भाइरस (कोभिड १९) को रोकथाम र न्युनिकरणका लागि भूमिका खेल्न कोभिड १९ बिरुद्धको सचेतना तथा व्यवस्थापन समिति गठन गरेको छ । नगरपार्टीको आज बसेको बैठकले नगरपालिका र नगरपालिका भित्रका १४ वटै वडामा वडा स्तरीय सचेतना व्यवस्थापन समिति गठन गरेको पार्टीका नगर सचिव कृष्ण रानामगरले जानकारी दिनुभयो । बैठकले सचिव रानामगरको संयोजकत्वमा ७ सदस्सीय नगरस्तरीय व्यवस्थापन समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा सानुमाया बस्नेत, रामहरी के.सी, रामकृष्ण भट्ट, बिनोद पन्त, अर्जुनप्रताप राणा र सावित्री थापा राना रहनु भएको जनाइएको छ । त्यस्तै वडा स्तरमा वडापार्टी कमिटिका अध्यक्षको संयोजकत्वमा पार्टीका सचिव र गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उमेद्वार रहेका व्यक्ति सदस्य रहने गरि वडास्तरमा पनि समिति गठन भएको सचिव रानामगरले जानकारी दिनुभयो । वडा स्तरमा गठन भएको सचेतना व्यवस्थापन समितिले प्रत्येक टोलमा समेत त्यस्तै खालको समिति गठन गर्ने उहाँले बताउनुभयो ।

बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि गोरखा नगरपालिकाले अहिलेसम्म गरेको खर्च बिबरण सार्वजनिक गर्न माग गर्ने निर्णय समेत गरेको छ । ‘कोरोना रोकथामका लागि अहिलेसम्म नगरपालिकाले कति खर्च ग¥यो त्यसको बारेमा कुनै लेखाजोखा छैन, सचिव रानामगरले भन्नुभयो, अहिले आम नगरबासीले यहीँ बिषयमा धेरै गुनासो गरेकाले पार्टीको बैठक नै बसेर हिसाव किताव सार्वजनिक गर्न माग गर्ने निर्णय गरेका छौ ।’ त्यस्तै नगरपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेका बिभिन्न आयोजनाहरुमा समेत अनियमितता भएको भन्ने व्यापक गुनासो आएकाले तत्काल सवै खालको आयोजनाको खर्च बितरण सार्वजनिक गराउन माग गर्दै सर्घषका कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले आगामी आर्थिक बर्षका लागि बिकास निर्माणका बिभिन्न योजनाहरु नगरपालिकाको वडा कार्यलयदेखि स्थानीय सरकार, प्रदेश र संघसम्म योजना माग पेश गर्ने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा नेकपा गण्डकी प्रदेशका सदस्य सम्झना देवकोटा, बाबुराम थापा, दिलबहादुर सेन्चुरी, जिल्ला सदस्य यादब बस्नेत, लगायतको सहभागिता रहेको थियो । पार्टी नगरकमिटिका सचिव कृष्ण रानामगरको अध्यक्षतामा बैठक सम्पन्न भएको नेकपा गोरखा नगरपार्टी कमिटिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology