Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गोरखामा चार दिनदेखि बेपत्ता एक पुरुषको शव फेला


3.2K
Shares

गोरखामा चार दिनदेखि बेपत्ता एक पुरुषको शव फेला

गोरखा २६, जेठ। गोरखाको पालुङटार नगरपालिका–४ कुमाल गाउँका एक पुरुषको शव फेला परेका छन् । यहीँ जेठ २३ गते बिहानदेखि बेपत्ता भएका ४७ बर्षिय बिनबहादुर कुमालको शव सोमबार भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बेपत्ता कुमालको शव पालुङटार नगरपालिका– ५ स्थित मस्याङ्दी नदीको किनारामा फेला परेको होे । बेपत्ता भएको सूचना पाए लगत्तै स्थानीयबासीहरुको सहयोगमा खोजी कार्य जारी रहेकोमा नदीको किनारामा पानीमा डुबी रहेको अबस्थामा शव भेटिएको प्रहरीको भनाई छ ।

शवको गोरखा अस्पतालमा पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाइएको छ । कुमालको कुमालेका मृत्युको कारण भन्ने खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology