गोरखा २६, जेठ । कोरोना भाइरस (कोभिड १९) का कारण गण्डकी प्रदेशमा पनि एक जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा आइसोलेसनमा उपचाररत एक पूरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
डा. शर्माले सोमबार एक बिज्ञप्ती जारी गर्दै स्याङ्जा जिल्ला वालिङ नगरपालिका घर भएका ६० बर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टी गर्नुभयो ।