गोरखा २३, जेठ । पश्चिम रुकुमको घटनाका दोसीलाई कारवाहीको माग गर्दै गोरखाको शहिद लखन बिरोध ¥याली निकालिएको छ । गाउँपालिका स्थिात स्थानीय लालुपाते युवा क्लबको अगुवाईमा जातिय बिभेदको रुपमा देखिएको पश्चिम रुकुमको घटना जघन्य अपराध भएको भन्दै दोसी माथि कडा कारवाही माग गरिएको हो । ¥यालीमा संलग्नहरुले दोसी माथि कडा कारवाहीको माग गरेका छन् ।
यहि जेठ १० गते पश्चिम रुकुमको चौरजौहारी नगरपालिका–८ सोतीकी मल्ल थरीकी आफ्नी प्रेमिकालाई भगाउन साथीहरु सहित गएका नवराज बि.क लगायत ६ जना मृत अबस्था शव फेला परेका थिए । केटी पक्षले गाउँले लखेट्दा उनिहरु भेरी नदीमा हाम फालेर र सोही क्रममा नदीमा डुवेर मृत्यु भएको दाबी गरेका छन् । यता केटा पक्षले भने केटी पक्षले कुटपिट गरि हत्या गरेर नदीमा फ्याकेको आरोप लगाउदै आएका छन् ।