Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अनलाईन कक्षा सञ्चालन गरि शुल्क नलिन नेविंसघ गोरखाको माग


5.3K
Shares

अनलाईन कक्षा सञ्चालन गरि शुल्क नलिन नेविंसघ गोरखाको माग

गोरखा २१, जेठ । नेपाल बिधार्थी संघ गोरखाले अनलाइन कक्षा शुरु गरि त्यसैलाई आधिकारिक कक्षाकै रुपमा सञ्चालन नगर्न र शुल्क नलिन माग गरेको छ । संघले आज एक बिज्ञप्ती जारी गरि असार १ गतेदेखि गर्ने भनिएको अनलाईन कक्षा प्रणाली सवै बिधार्थीहरुको पहुँचमा पुग्न नसक्ने भन्दै त्यस्तो कार्य तत्काल रोक्न सरकारसंग माग गरेको हो ।

नेविसंघ गोरखाका अध्यक्ष सुवास अधिकारीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा इन्टरनेटका पहुँच सबै ठाउँमा र सबै विद्यार्थीहरुमा नपुगी सकेको अहिलेको अवस्थामा अनलाइन कक्षा सुरु गरि त्यसैलाई आधिकारिक कक्षाको रुपमा सञ्चालन नगर्न र शुल्क नलिन भनिएको हो ।

नीजि विद्यालयहरुलाई अनलाइन कक्षा र भर्ना लगायतका कुनै पनि वहानामा शुल्क नलिन समेत संघले जोडदार माग गर्दै शुल्क लिइएको पाइएमा नेबिसंघ गोरखा त्यसको विरुद्धमा रहने चेतावनी समेत बिज्ञप्ती मार्फत दिईएको छ । बिज्ञप्तीमा असार १ गतेदेखि नीजि विद्यालयहरुमा भर्ना खुलाउन गरिएको आव्हान तत्काल फिर्ता गर्न सम्बन्धित सवैसंग माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology