Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा आरडिटी परीक्षणका लागि किटको अभाव


2.6K
Shares

गोरखामा आरडिटी परीक्षणका लागि किटको अभाव

गोरखा २०, जेठ ।  गोरखा जिल्लामा भारत लगायत बाहिरबाट आई क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिड डाइगनेस्टिक टेष्ट बिधिबाट परीक्षणका लागि किट अभाव भएको छ । किट अभाव भएपछि जिल्ला स्तरीय कमाण्ड पोस्टको आज बसेको बैठकले आबश्यक किट उपलब्धताका पत्राचार गर्ने निर्णय गरेको हो ।

देशभर कोरोना संक्रमण बढ्दै गएको र भारत लगायत विभिन्न भुभागबाट जिल्ला प्रवेश गरी क्वारेन्टाइनमा बस्नेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको अबस्थामा उनिहरुको कोरोना परिक्षणको लागि जिल्लामा पर्याप्त आरडिटी किटको अभाव रहेको भन्दै बैठकले थप किट माग गर्ने निर्णय गरेको हो ।

यस अघि पनि किट अभाव भएको भन्दै पठाउन पत्राचार गरेपनि आबश्यकता अनुसार उपलब्ध नभएपछि गण्डकी प्रदेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य निर्देशनालय पोखरामा माग गरी पठाउने निर्णय गरेको हो । त्यस्तै आबश्यक सामग्र उपलब्धताको लागि सहजीकरण गरिदिन गण्डकी प्रदेश सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology