Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गोरखामा लकडाउन : निर्णय कडा, कार्यान्वयन फितलो (यो हेर्नुहोस्)


4.1K
Shares

गोरखामा लकडाउन : निर्णय कडा, कार्यान्वयन फितलो (यो हेर्नुहोस्)

गोरखा २०, जेठ । लकडाउनलाई सफल बनाउन सरकारले ७ औ पटक लकडाउनको समय थप गरी जेठ ३२ गतेसम्म पु¥याएको छ । तर गोरखा सदरमुकाममा भने लकडाउनलाई उल्लंघन जथभावी हिड्ने संख्या बढ्दै गएको छ । कोरोना भाइरस (कोभिड १९ ) को रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोस्टले जिल्लामा कोरोना संक्रमण फैलन नदिन निर्णय भने कडा कडा गर्ने तर कार्यान्वयन भने फितलो हुने गरेको पाइएको छ ।

गोरखा सदरमुकामको शक्तिचोक नजिक राष्ट्रिय बाणिज्य बैंक अगाडीको मंगलबारको भीड

कार्यालयले बैंक तथा बित्तियसंस्थाहरुलाई तोकिएको समयमा सेवा प्रवाह गर्दा सामाजिक दुरी कायम गर्न भनेपनि झन दशै तिहारमा जस्तै मानिसहरुको भीड बढेपछि कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । गोरखा सदरमुकाम रहेको राष्ट्रिय बाणिज्य बैंकमा मंगलबार दिनभर जसो मानिसहरुको भीड थामी नसक्नु जस्तै थियो ।

गोरखा सदरमुकामको शक्तिचोक नजिक राष्ट्रिय बाणिज्य बैंक अगाडीको मंगलबारको भीड

बैंकमा पेन्सन बुझ्न आउने लगायत अत्याबश्यक काममा लागि आउनेहरुले नत सामाजिक दुरीकै ख्याल गरे, न त त्यस तर्फ सम्बन्धित निकायको ध्यान नै पुग्योे । पछिल्लो समयमा गोरखा सदरमुकाममा मानिसहरुको भीड बढेपछि स्थानीहरु कोरोना भाइरसको संक्रमण हुने हो की भनी त्रसित भएका छन् । लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने सम्बन्धीत निकायहरुले नै लकडाउन फितलो हुने निर्णय गरेपछि जिल्लामा लकडाउन फितलो भएको हो ।

गोरखा सदरमुकामको जिविसचोक वरपरका मानिसहरुको निर्वाध आवातजावत

यता स्थानीयतहले किसानहरुलाइ मल बाड्ने भन्दै बोलाएपछि गोरखा नगरपालिका वडा नम्बर ९ को लक्ष्मीबजार क्षेत्रमा स्थानीय कृषकहरुको भीड आज दिनभर उस्तै रह्यो । बारीमा मल हाल्ने बेला भएपनि मल नपाएर हैरानी भएका किसानहरु कोरोना संक्रमणको कुनै प्रवाह नगरी दिनैभरी मलका लागि लाईन बस्न बाध्य भए ।

गोरखा नगरपालिका–९ को लक्ष्मीबजारमा मंगलबार कृषि मल लिन लाईन बसेका किसानहरु

संक्रमणको जोखिम मोलेर दिनभर लाइनमा बसेपनि किसानहरुले भने प्रति व्यक्ति १० किलो भन्दा बढि मल पाउन नसकेको गुनासो गरेका छन् । वडा कार्यालयले व्यवस्थित रुपमा किसानलाई मल उपलब्ध गराउन नसक्दा भीडभाड बढेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology