गोरखा १९, जेठ । गोरखाको पालुङ्टार नगरपालिका–७ च्याङ्लीका एकै परिवारको ५ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । परिवारका एक सदस्यमा स्वास्थ्य समस्या आएपछि आरडिटी बिधिबाट गरिएको परीक्षण पोजेटि आएपछि परिवारका सवै सदस्यको पिसिआर बिधिबाट कोराना परीक्षण गरिएको हो ।
उनिहरु सवैको स्वाब संकलन गरि शनिबार गण्डकी प्रदेश स्थित प्रयोगशालामा कोरोना परीक्षणका लागि पठाइएको थियो । कोरोना परीक्षणको रिर्पोट नआउदै कोरोना लागेको हल्ला चलेपछि उहाँको परिवार सहित वरपर तनाब छाएको थियो ।
यसअघि इलाममा बस्दै आएका उनिहरुको परिवार गत फागुनदेखि पालुङटारको च्याङ्ली आएर बसेका थिए । रिर्पोट नेगेटिभ आएपछि परिवारमा खुशी छाएको छ ।