गोरखा १९, जेठ । नेपाल बिधार्थी संघ गोरखाले पश्चिम रुकुमको जौरजहारीमा भएको घटनाको निस्पक्ष छानविन गरि दोषी माथि कडा कारवाहीको माग गरेको छ । संघले सोमबार (आज) प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयमा बुझाएको ज्ञापन पत्रमा जातिय विबादलाई लिएर चौरजहारी नगरपालिका–८ सोतीमा नवराज बि.क लगायतका अन्य युवाहरुको ज्यान जाने गरि भएको घटना प्रति संगठनको गम्भीर ध्यानकर्षण भएको उल्लेख गरिएको छ ।
संघ जिल्ला अध्यक्ष सुवास अधिकारी नेतृत्वको टोली बुझाएको ज्ञापन पत्रमा मुलकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित भई जातिय विभेद र छुवाछुतलाई अन्त्य गर्ने घोषणा भइसकेको अबस्थमा घटेको उक्त घटना मानव अधिकारी बिरुद्धको निकृष्ट ज्यादी र मानवता बिरुद्धको जधन्य अपराध भएको ठहर गरिएको छ ।
यस किसिमको घटनाले देशको संबिधान बिद्यमान कानुनी शासनको धज्जी उडाएको भन्दै दोसीमाथी छानविन गरि कानुनको दायरामा ल्याउन समेत संगठनले माग गरेको छ । साथै घटनालाई दबाउन र लुकाउन खोजिए संगठन राष्ट्रव्यापी आन्दोलनमा उत्रन बाध्य हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।