Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

लकडाउनकै बिच गोरखामा पुस्तक पसल खोल्न दिने निर्णय


1.9K
Shares

लकडाउनकै बिच गोरखामा पुस्तक पसल खोल्न दिने निर्णय

गोरखा १८, जेठ । गोरखामा भोलिदेखि पुस्तक पसल खोल्न दिइने भएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको पूर्ण प्रयोग गर्ने गरि पुस्तक पसल खोल्न दिने निर्णय गरेको जिल्ला प्रसासन कार्यालय गोरखाका प्रसासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।

जिल्ला भित्रका अधिकासं सामुदायिक तथा नीजि बिधालयहरुले गत शैक्षिक सत्रको परीक्षाफल सार्वजनिक गरि सकेकाले बिधार्थीहरुलाई अध्ययनका लागि सजिलो होस् भन्ने उद्देस्यले पुस्तक पसल खोल्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । पुस्तक पसल बिहान १० बजेदेखि दिँउसो २ बजेसम्म खोल्ने र सामाजिक तथा भौतिक दुरी कायम गरि पुस्तक बिक्रि बितरण गर्ने व्यवस्था मिलाउन पनि समितिले सवै स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।

जिल्ला प्रसासन कार्यालय गोरखाको आयोजना यहि जेठ ८ गते बसेको सर्वपक्षिय बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र पाठ्यपुस्तक बिकास केन्द्रबाट अनुमति लिएका नीजि क्षेत्रका प्रकाशन संस्थाबाट प्रकाशित बिधालय तहका पुस्तक ढुवानी गर्ने पाउने निर्णय गरेपछि जिल्लामा व्यवसायीहरुले पुस्तक भने ल्याइ सकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology