गोरखा १८, जेठ । म्याग्दीका कोरोना संक्रमित व्यक्ति चढेको सवारीसाधनमा चढेर गोरखाका एक जना जिल्ला आएको पाइएको पाइएको छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर बिनोद बिन्दु शर्माले आज जारी गर्नुभएको प्रेस बिज्ञप्तीमा यहि जेठ ९ गते भैरहवाको नमुना मा.विको क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई म्याग्दीसम्म पु¥याउने क्रममा गोरखाका ति व्यक्ति पनि कोरोना संक्रमित व्यक्तिसगै सोही गाडीमा गोरखा आएको पाइएको उल्लेख गरिएकोे छ ।
बिज्ञप्तीमा गोरखा आएका भनिएका व्यक्ति तनहुँको आबुँखैरेनीमा झरेर गोरखा प्रवेश गरेको जानकारी निर्देशनालयलाई प्राप्त भएको जनाइएको छ । म्याग्दी यातायात प्रा.लिको ना ५ ख २८९८ नम्बरको गाडीमा सवार एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टी भएपछि उक्त दिन सोही गाडी उनिसगै सवार अन्यको खोजी गर्दा गोरखाको पनि एक जना भएको पाइएको प्रबक्ता डाक्टर शर्माद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ ।
निर्देशनालयले माथि उल्लेखित गाडीमा यात्रा गर्ने व्यक्तिलाई तत्काल सम्र्पकमा आउन पनि अनुरोध गरेको छ ।
