Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भारतबाट गोरखाको बोर्लाङ आइपुगेका ३ जनालाई सामुहिक क्वारेन्टाइनमा राखियो


3.2K
Shares

भारतबाट गोरखाको बोर्लाङ आइपुगेका ३ जनालाई सामुहिक क्वारेन्टाइनमा राखियो

गोरखा १७ जेठ-  गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा भारतबाट आएका ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रोेजगारीका सिलसिलमा भारत पुगेका उनिहरु लकडाउनकै बिचमा नेपाल प्रवेश गरि आज बोर्लाङ आइपुगेका हुन् । उनिहरुलाई नारायणपुरमा रहेको श्री लक्ष्मी ज्वोती प्राथामिक बिधालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

भारतबाट आएर गोरखा नगरपालिकाको देउरालीमा रहेको गोरखकाली रवर उद्योगको निवास रहेका उनिहरुलाई गाउँपालिकाको व्यवस्था गरेको गाडीमा राखेर वडामा ल्याई क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा राखिएका उनिहरुको खानेबस्ने व्यवस्था भने गाउँपालिकाले गर्नेछ । उनिहरु सवैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखी कोरोना परीक्षण गर्ने र रिर्पोट नेगेटिभ आए थप ७ दिन होम क्वारेन्टाइनमा रहने गरि घर पठाइने वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना परीक्षण ७ दिन पछि गरिनेछ । वडा कार्यालयले भारत लगायतका बिभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न नारायणपुरमा रहेको श्री लक्ष्मी ज्वोती प्राथामिक बिधालयमा क्वारेन्टाइन निर्माण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology