Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाका स्थानीय तहहरुलाई ४ अर्ब ४ करोड १३ लाख रकम : कुन गाउँपालिका कति यो हेर्नुहोस् !


15.3K
Shares

गोरखाका स्थानीय तहहरुलाई ४ अर्ब ४ करोड १३ लाख रकम : कुन गाउँपालिका कति यो हेर्नुहोस् !

गोरखा १६, जेठ । संघिय सरकारले गोरखाका ११ वटा स्थानीय तहलाई आगामी आर्थिक बर्षका लागि कुल ४ अर्ब ४ करोड १३ लाख रुपैया रकम बिनियोजन गरेकोे छ । संघिय सरकारले बित्तिय समानिकरण, शसर्त अनुदान, बिशेष अनुदान र समपुरक अनुदान रकम गरि जिल्ला भरका सवै स्थानीय तहहरुलाई गरि सो रकम बजेट बिनियोजन गरेको हो ।

जिल्लाका २ नगरपालिकामध्ये गोरखा नगरपालिकालाई सवै भन्दा धेरै कुल ५५ करोड ४६ रुपैया रकम बिनियोजन गरेको छ ।  जसमा गोरखा नगरपालिकाले बित्तिय समानीकरण अनुदान तर्फ २२ करोड ८१ लाख, शसर्त अनुदान तर्फ ३२ करोड ६५ लाख रुपैया प्राप्त गरेको छ । त्यस्तै पालुङटार नगरपालिकाले बित्तिय समानीकरण अनुदान तर्फ १७ करोड ९३ लाख, शसर्त अनुदान तर्फ २९ करोड ३८ लाख र समपुरक अनुदान तर्फ २ करोड ४० लाख गरि कुल ४९ करोड ७१ लाख रुपैया प्राप्त गरेको छ ।
जिल्ला ९ वटा गाउँपालिकालाई यो बर्ष सवैभन्दा धेरै सिरानचोक गाउँपालिकाले कुल ४० बिभिन्न शिर्षकमा ४० करोड ८७ लाख रुपैया रकम बिनियोजन गरेको छ । सिरानचोक गाउँपालिकाले प्राप्त गरेको रकम मध्ये बित्तिय समानीकरण तर्फ १३ करोड ५१ लाख, शसर्त अनुदान तर्फ २७ करोड ३६ लाख प्राप्त गरेको हो ।
त्यस्तै आर्थिक बर्ष २०७७÷७८ लागि जिल्लाका गाउँपालिका मध्ये बारपाक सुलिकोट गाउँपालिकाले दोस्रो धेरै रकम प्राप्त गरेको छ । बारपाक सुलिकोट गाउँपालिकाले बित्तिय समानीकरण तर्फ १३ करोड ८३ लाख, सर्शत अनुदान तर्फ २२ करोड ९३ लाख, बिषेश अनुुदान तर्फ १ करोड र समपुरक अनुदान तर्फ २ करोड रुपैया प्राप्त गरेको छ ।

जिल्लामा यो बर्ष सवै भन्दा थोरै चुमनुव्री गाउँपालिकालाई रकम पठाइएको छ । संघिय सरकारले चुमनुव्री गाउँपालिकाका लागि आगामी आर्थिक बर्षका लागि बित्तिय अनुदान तर्फ ६ करोड ८७ लाख, शसर्त अनुदान तर्फ १२ करोड ३ लाख, बिशेष अनुदान तर्फ ५० लाख रुपैया रकम पठाएको हो । त्यस्तै आगामी आर्थिक बर्षका लागि अजिरकोट गाउँपालिकाले २७ करोड ७५ लाख, आरुघाट गाउँपालिकाले ३४ करोड ४८ लाख, गण्डकी गाउँपालिकाले ३९ करोड ३१ लाख, धार्चे गाउँपालिकाले २४ करोड २५ लाख, भीमसेन थापा गाउँपालिकाले ३५ करोड ८२ लाख र शहिद लखन गाउँपालिकाले ३७ करोड ३२ लाख रुपैया रकम प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology