Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गोरखामा कोरोना संक्रमितको मृत्यु भएमा यसरी गरिन्छ शव व्यवस्थापन (फोटो फिचर)


4.7K
Shares

गोरखामा कोरोना संक्रमितको मृत्यु भएमा यसरी गरिन्छ शव व्यवस्थापन (फोटो फिचर)

गोरखा १२, जेठ ।  गोरखामा कोरोना संक्रमणबाट ज्यान गुमाएका मानिसको शब ब्यवस्थापन सम्बन्धी अभ्यासको प्रर्दशनी गरेको छ । नोबल कोरोना भाइरस (कोडिभ–१९) को संक्रमण भएर ज्यान गएको खण्डमा शवलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा नेपाली सेनाले गोरखा बजारमा अभ्यास गरेको हो ।
रानी पोखरी स्थित सेनाको व्यारेकमा रण सिं दल गण र गोरखा अस्पतालको सहकार्यमा शव ब्यवस्थापन सम्बन्धी अभ्यास गरिएको हो ।

‘संक्रमितको ज्यान गएको खण्डमा शव ब्यवस्थानको जिम्मेवारी सेनाको भएकोले कसरी गर्ने भन्ने बिषयमा सरोकारवालालाई जानकारी होस भन्ने उद्वेश्यले प्रर्दशनी गरिएको हो, गणपति उज्वल केसीले भन्नुभयो । गणले आयोजना गरेको प्रर्दशनीमा संक्रमण भएको मानिसको घर वा बसोबास स्थललाई डिसईन्फेक्सन गर्ने देखि संक्रमित ब्यक्ति ओसारपसारमा संलग्न व्यक्तिहरु र सवारीलाई समेत डिसईन्फेक्सन गर्ने उपाय प्रस्तुत गरिएको थियो ।

गोरखा अस्पतालका सवारी चालक र नेपाली सेनाका जवानहरुले संक्रमित ब्यक्तिको ज्यान गए पछि उपचाररत स्थललाई डिसईन्फेक्सन गरेर देखाउदै शवलाई समेत ब्यवस्थान गरेर कला प्रर्दशन गरेका थिए ।

नेपाली सेनाले तयार परेको कथा बस्तुमा आधारीत उत्त प्रर्दशन हेर्न प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मीहरु, रेडक्रसका साथै अन्य सरोकारवाला संस्था र स्थानिय संघ संस्थाका प्रतिनिधीहरु सहभागि भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology