Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

परिवारदल गोरखाद्धारा बोर्लाङमा कृषकहरुलाई बिउ बिजन सहयोग


3.3K
Shares

परिवारदल गोरखाद्धारा बोर्लाङमा कृषकहरुलाई बिउ बिजन सहयोग

गोरखा ११, जेठ । नेपाल परिवार दल, जिल्ला कार्यसमिति गोरखाले भीमसेन थापा गाउँपालिका–७ मा रहेको श्री उद्यमशिल सानाकिसान कृषि सहकारी संस्था लिमिटेडलाई उन्नत जातको धानको बिउ लगायतका कृषि बिउ बिजन उपलब्ध गराएको छ ।

पार्टीका जिल्ला अध्यक्ष रबिन्द्रजंग थापाको पहलमा कृषिसहकारीमा आबद्ध किसानहरुलाई उपलब्ध गराउने गरि धानको बिऊ, बोडी, सिमी, मूला, धनियाँ लगायतका बिउ बिजनहरु उपलब्ध गराएको सहकारीका अध्यक्ष भरत ढकालले जानकारी दिनुभयो । पार्टीले तरकारीबालीका लागि आवश्यक पर्ने भिटामिन सहितका कृषि सामग्रीहरु पनि किसानहरुलाई बितरण गर्ने गरि सहयोग प्रदान गरिएको जनाइएको छ ।

‘कोरोना संक्रमणका कारण किसानहरु मारमा परेका छन्, परिवार दलकका जिल्ला अध्यक्ष रबिन्द्रजंग थापाले भन्नुभयो, ‘सहकारीमा आबद्ध न्युन आर्थिक हैसियतका कृषकहरुलाई उक्त बिउबिजन औषधी लगायतका सामग्रीहरुमा थोरै भएपनि राहात पुगोेस् भन्ने उद्देस्यले सहयोग प्रदान गरिएको हो । ’

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology