गोरखा १०, जेठ ।गोरखा अस्पतालमा ¥यापिड डाइगनेस्टिक टेस्ट (आरडिटी ) परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएकी एक महिलाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाब संकलन गरि हिजो प्रयोगशाखामा पठाइएको थियो ।
पिसिआर परीक्षणका क्रममा रिर्पोट नेगेटिभ आएको गोरखा अस्पतालले जनाएको छ । गोरखा नगरपालिका १२ स्थायी ठेगाना भएकी महिलाको सवै स्वास्थ्य सूचक शंकास्पद देखिएपछि स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको थियो ।