Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोनाको महामारीमा फसेको भारतबाट २३ जना गोरखा आउदै : कुन गाउँपालिकामा कति आउदैछन् यो हेर्नुहोस?


15.8K
Shares

कोरोनाको महामारीमा फसेको भारतबाट २३ जना गोरखा आउदै : कुन गाउँपालिकामा कति आउदैछन् यो हेर्नुहोस?

गोरखा ९, जेठ । गोरखा जिल्ला घरभई भारतमा रोजगारीका लागि गएका २३ जना व्यक्ति बन्दाबन्दीको समयमा नै जिल्ला फर्कन लागेका छन् । झापा र कन्चनपुर जिल्लाले जिल्ला प्रसासन कार्यालय गोरखालाई पत्र पठाएर गोरखा आउन लागेका नागरिकहरुको बारेमा जानकारी गराएको हो । फर्कन लागेका मध्ये १४ जना कन्चनपुर हुदै जिल्ला प्रवेशको तयारीमा रहेका छन् भने झापा जिल्लाको नाकाबाट ९ जना गोरखा आउन लागेका हुन् ।

अहिले एक जिल्लाबाट अर्को जिल्ला पठाउदा सम्बन्धित जिल्ला प्रसासन कार्यालयलाई पूर्व जानकारी गराएर मात्र पठाउनु पर्ने व्यवस्था भएपछि जिल्ला प्रसासन कार्यालय गोरखालाई दुवै जिल्लाले गोरखा आउन लागेका व्यक्तिको बिबरण सहित जानकारी पठाएका हुन् ।

गोरखा आउन लागेका मध्ये जिल्लाको आरुघाट गाउँपालिकाका १० जना, गोरखा नगरपालिकाका २ जना, गण्डकी गाउँपालिकाका २ जना, धार्चे गाउँपालिकाका ३ जना, भीमसेन थापा गाउँपालिकाका २ जना, बारपाक सुलिकोट गाउँपालिकाका १ जना, पालुङटार नगरपालिकाका १ जना र सिरानचोक गाउँपालिकाका १ जना र अजिरकोट गाउँपालिकाका १ जना रहेको जिल्ला प्रसासन कार्यालय गोरखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology