Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पाकिस्तानमा ९० जना यात्रु बोकेको विमान दुर्घटना


3.1K
Shares

पाकिस्तानमा ९० जना यात्रु बोकेको विमान दुर्घटना

एजेन्सी ९, जेठ । पाकिस्तानको कराँची स्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ९० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ। शुक्रबार जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए)को एयरक्राफ्ट ए ३२० एयरबस दुर्घटना भएको पिआइएका प्रवक्ता अब्दुल सत्तरले पुष्टि गर्नुभएको छ । उक्त विमानमा आठ चालक दलका सदस्य रहेका छन् ।

अहिले उद्धार गर्ने कार्य भइरहेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।
इन्टर सर्भिसेस पब्लिक रिलेसनस् -आइएसपीआर- ले विज्ञप्ति जारी गर्दै उद्धार गर्न सेना तथा रेन्जरहरू खटाइसकिएको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कराँचीका सम्पूर्ण अस्पतालमा आपतकालीन अवस्थाको घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology