Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आफुले काम नपाएपछि गोरखामा गाउँपालिकाका सवइन्जिनियरले कुटे निर्माण व्यवसायी


8.5K
Shares

आफुले काम नपाएपछि गोरखामा गाउँपालिकाका सवइन्जिनियरले कुटे निर्माण व्यवसायी

गोरखा ९, जेठ । गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावामा योजना निर्माणका क्रममा आफुलाई काम नदिएको भन्दै गाउँपालिका इन्जिनियरले निर्माण व्यवसायी माथि गम्भीर घाइते हुनेगरि कुटपिट गरेका छन् । भीमसेन थापा गाउँपालिकाका सव–इन्जिनियर भरत भट्टले निर्माण व्यवसायी नवराज लामिछाने माथि बिहिबार सार्वजनिक स्थलमै गम्भीर घाइते हुनेगरि कुटपिट गरेका हुन् ।

घाइते लामिछानेको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । स्थानीय काशीखोला भगवती नाला निर्माणका क्रममा गाउँपालिकाका सवइन्जिनियर भट्टले निर्माण सामग्री ढुवानीका लागि आफ्नो ट्याक्टर प्रयोग गर्न माग गरेपनि उपभोक्ता समितिले कम लागत काम हुने भएपनि लामिछानेलाई नै सामान ढुवानी र जेसिबी लगाउने कामको जिम्मेवारी दिएको थियो । आफुले काम नपाएपछि भट्टले उक्त आयोजना नै पास नगर्ने चेतावनी दिदै आएका थिए ।

आफुले काम नपाएको आवेगमा सव–इन्जिनियर भट्टले निर्माणाधिन नालामा रातको समयमा ट्याक्टर गुडाउने, नाला भत्काउने लगायतका काम गर्न थालेपछि छलफलका लागि उपभोक्ता समितिले बोलाएको सर्वपक्षिय बैठकमा नै लामिछानेको टाउकोमा एक्कासी ढुङगाले प्रहार गरेको गरेको प्रत्यक्षदर्शीको भनाई छ  । ढुङगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका लामिछाने घटनास्थलमै वेहोस हुुनु भएपछि उपचारका लागि तत्काल आरुघाट स्वास्थ्यचौकीमा पु¥याइएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको स्थानीयबासी रामहरी सिंखडाले जानकारी दिनुभयो । घाइतेको टाउकोमा गहिरो चोट लागेको उहाँले बताउनुभयो । उहाँको टाउको ४ वटा टाँका लगाइएको छ । घाइतेलाई गएराती नै एम्बुलेन्स मार्फत जिल्ला अस्पताल ल्याइएको थियो । कुल १० लाख रुपैया उक्त आयोजना निर्माणका क्रममा आफ्नो काम सामान ढुवानी र जेसिबी लगाउने मात्र भएको भएपनि सव इन्जिनियर भट्टले आफुलाई केही सहयोग गर्न पटक–पटक दबाब दिने गरेको घाइते लामिछानेको भनाई छ ।

‘उहाँले मलाई पनि केही हेर्नुपर्छ भनेर दबाब दिनुहुथ्यो, लामिछानेले भन्नुभयो, आफुहरुलाई नहेरे योजना पास गर्ने बेलामा अफ्ट्यारो पर्छ भन्नुले सायद घुस नै मागेको थियो होला ।’ सवइन्जिनियर भट्टले योजनाको अनुगमनका क्रममा अघिकांस योजनाको सामग्री ढुवानीका लागि आफ्नो ट्याक्टर प्रयोग गर्न दबाब दिने गरेका छन् । ‘भट्टले आफ्नो ट्याक्टर प्रयोग गरे सम्झौता अनुसार उपभोक्ता समितिले काम नगरेपनि उक्त योजना पास गर्ने गरेका छन्, स्रोतले भन्यो, ‘उसको ट्याक्टर प्रयोग नगरे सम्झौता भन्दा धेरै काम गरेपनि योजना पास गर्न अफ्टयारो पार्ने गरेका छन् ।’

लामिछानेमाथि आक्रमण गर्ने भट्टलाई अहिले प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाएको छ । उनलाई आरुघाटबाट गएको प्रहरीको टोलीले घटनास्थलबाट नै पक्राउ परेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology