गोरखा ८, जेठ । गोरखामा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतलाई घरबाट निकाल्न खोज्ने, अभद्र व्यवहार गर्ने गरे पक्राउ गरि कारवाही गरिने भएको छ । जिल्ला प्रसासन कार्यालय गोरखाले कोरोना भाइरस (कोभिड १९) को महामारी रोकथाम र न्युनिकरणका लागि अग्रमोर्चामा खटिएका व्यक्तिहरुलाई केही घरबेटीहरुले कोरोना भाइरसको जोखिम बढ्न सक्ने बाहानामा दुव्र्यवहार गरेका पाइएको भन्दै प्रसासनले यस्तो चेतावनी दिएको हो ।
आफ्नो ड्युटी सकेर घर गएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई सुरक्षा सतर्कताको नाममा बाटो छेक्ने, गैरकानूनी चेकजाँच गर्ने, कानून विपरितको काम गर्ने, हतोत्साहित बनाउन खोज्ने लगायतका काम गरेको गुनासा आएपछि त्यस्ता व्यक्तिहरुलाई कारवाही गर्ने निर्णय भएको हो ।
जिल्ला प्रसासन कार्यालयको आयोजनामा बिहिबार बसेको सर्वपक्षिय बैठले मनोबल गिराउन खोज्नेलाई कारवाही गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढेसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि अमानविय व्यववहार भएको व्यापक गुनासा आएको थिए ।