Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार चुक्यो : प्रतिपक्ष काग्रेस


2.4K
Shares

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार चुक्यो : प्रतिपक्ष काग्रेस

काठमाण्डौं ३१,बैशाख । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको जनाएको छ । बुधबार काँग्रेसले पत्रकार सम्मेलन गर्दै सरकारले स्वास्थ्य सामग्री खरिद तथा पिसिआर परीक्षणमा ढिलाइ गर्दा अग्रपंक्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई कोरोना लागेको जनाएको हो ।

स्वास्थ्य सामग्री खरिदमा ढिलाइ मात्रै नभइर अनियमितता हुनु दुखद भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । बजार मूल्यभन्दा धेरैमा स्वास्थ्य सामग्री खरिद गरिनुले सामग्री खरिदमा पारदर्शिता समेत नभएको उहाँको भनाइ छ ।

स्वास्थ्य सामग्री खरिदमा ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार भएको कांग्रेसले जनाएको छ । विदेशमा कोरोनाकै कारण रोजगारी गुमाएका नेपालीलाई स्वदेश ल्याउन पनि काँग्रेसले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology