गोरखा ३१, बैशाख । अखिल नेपाल स्वतन्त्र बिधार्थी युनियन (अनेरास्वबियु) गोरखाले भारतले अतिक्रमण गरेको नेपालको सवै भूमि तत्काल फिर्ता गर्न गराउन माग गर्दै बुधबार परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्वबियले गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकार मार्फत परराष्ट्र मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा नेपालको व्यास गाउँपालिका–१ देखि लिपुुलेकसम्मको भूभाग मिचेर सडक निर्माण गरी उद्घाटन गरेको बिषयले आफुहरुलाई आक्रोसित बनाएको भन्दै तत्काल कुटनीतिक पहल मार्फत मिचिएको भूमि फिर्ता गराउन पहल गर्न आग्रह गरिएको छ । त्यस्तै भारत सरकारलाई पनि नेपालको भूमि फिर्ता गर्न ज्ञापन पत्रमा मार्फत जोडदार माग गरिएको छ ।
अनेरास्वबियु गोरखाका संयोजक सन्जिब थापामगर र सह–संयोजक सुजन सिंखडाद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा दुई देश बिचको सम्बन्ध दुई पक्षिण् समान हितको आधारमा हुनुपर्नेमा जोड दिदै मौका छोपेर इतिहासको प्रमाणलाई कुल्चदै असल छिमेकीको सम्बन्धमा समेत प्रश्न उब्जाउने गरी भारतले देखाएको बिस्तारबादी रवैया सुगौली सन्धीको समेत बिरुद्धमा रहेको उल्लेख गरिएको छ ।
परराष्ट्र मन्त्रालयमा बुझाइएको ज्ञापन पत्रमा नेपालको सिमानको रक्षाका लागि उच्च तहबाट निर्णायक पहल गर्दै सिमामा सुरक्षा फौज राख्न र सिमानका काँडेतार लगाई घेराबन्दी गरी गर्न समेत सरकारलाई आग्रह गरिएको छ ।