Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जिल्ला पाँच दिन सिल गर्ने निणर्य : यस अघि जारी गरिएका सवै पास रद्ध


3.1K
Shares

गोरखा जिल्ला पाँच दिन सिल गर्ने निणर्य : यस अघि जारी गरिएका सवै पास रद्ध

गोरखा ३१, बैशाख  – कोरोना विपद व्यवस्थापन केन्द्र, जिल्ला स्तरीय कमाण्डपोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निणर्य गरेको छ । आज बसेको समितिको बैठकले देशभर कोरोना संक्रमण फैलदै गएको भन्दै जेठ १ गतेदेखि गतेसम्म पुरै जिल्ला सिल गर्ने निर्णय गरेको जिल्ला प्रसासन कार्यालय गोरखाका प्रमुख प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।

बैठकले अन्य जिल्लाबाट हुने आवागमनलाई पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । त्यस्तै गोरखा जिल्ला भित्र यस अघि खाद्यान्य बोकेका सवारी साधनलाई जिल्ला भित्र आवागमन गर्न दिइएकोमा अबको पाँच दिन भने त्यसलाई पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । बजार भित्र खाद्यान्न, तरकारी, पशुपंक्षी, दाना, औषधी तथा माछामासुका पसल बाहेकका अन्य पसलहरु खुल्न नदिने निर्णय भएको रोकाले जानकारी दिनुभयो ।

‘अस्पतालबाट रिफर भएको बिरामी, घाइते, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, किरियापुत्री, मलामी, वडाध्यक्षदेखि माथिका जनप्रतिनिधि वा उनीहरुका सवारी साधनलाई भने सञ्चालन गर्न दिईने निर्णय भएको छ, उहाँले भन्नुभयो, त्यस बाहेकका सबै सवारी साधन जिल्लाभित्र, बाहिरबाट आवतजावत पूर्ण रुपमा ठप्प पार्ने निर्णय भएको छ ।’

त्यस्तै जिल्ला भित्र सञ्चालित वैंक, वित्तीय संस्था ति संस्थाद्धारा सञ्चालित काउन्टर, बिमा कम्पनी पनि बन्द गर्ने निर्णय बैठकले गरेको अधिकृत रोकाले बताउनुभयो । बैठकले नागरिक तथा बित्तिय संस्थाहरुलाई इ–वैंकिङ सिस्टम मार्फत काम गर्न प्रोत्साहन गर्ने निर्णय पनि गरेको उहाँको भनाई छ ।जिल्ला प्रसासन कार्यालयले यसअघि जारी गरेको सवै खालका सवारी पास समेत रद्ध गरिएको उहाँले बताउनुभयो ।

‘अब एक जिल्लाबाट अर्को जिल्ला जानका लागि सवारी पास चाहिएमा पास जारी गर्ने जिल्लाले पुग्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था समेत भएको छ, उहाँले रोकाले भन्नुभयो । लकडाउन उल्लघंन गर्नेलाई कानून अनुसार कारवाही गरिने प्रसासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology