गोरखा ३०, बैशाख। गोरखामा लक डाउन उल्लंघन गर्ने थप २५ वटा सवारी साधनलाई प्रहरी पक्राउ गरी कारवाही गरेको छ । लकडाउना बेला अनाबश्यक रुपमा सवारी साधन लिएर हिड्ने गरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
लडडाउन सुरु भएयता गोरखा जिल्लामा अहिलेसम्म कुल ५ सय ४२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको प्रहरीले जनाएको छ ।