काठमाण्डौं २९, बैशाख । भारतमा एकै दिन हालसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित फेला परेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ४ हजार २ सय १३ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका हुन् ।
यो सँगै भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ६७ हजार १ सय ५२ पुगेको छ । स्वास्थ्य मंत्रालयले सङ्क्रमित भएका मध्ये २० हजार ९ सय १६ जना भने स्वस्थ भएको जनाएको छ ।
कोभिड १९ का कारण भारतमा हालसम्म २२ सय ६ जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी एसियामा भारत पछिल्लो समय चीनपछिको दोस्रो कोरोना प्रभावित मुलुक बन्दै गएको छ ।