गोरखा २९ बैशाख । भारतबाट भागेर गोरखा प्रवेश गरेका एक युवकको कारोना परीक्षण नगेटिभ आएको छ । भारतबाट भागेर गोरखाको एक क्वारिन्टीनमा राखिएको भारतीय नागरिकको पिसिआर रिर्पोट नेगेटिभ आएको हो । गोरखा सदरमुकामको ए टु जेट इलेक्ट्रोनिक्स पसलमा काम गर्ने भारत बेतिया जिल्ला घर भएका २३ बर्षिया जावेद आलमलाई मझुवा देउराली स्थित गोरखकाली रबर उद्योगको क्वारिन्टीनमा राखिएको थियो ।
बिरगञ्जको सेडवा भन्ने स्थानबाट उनी नेपाल छिरेर गोरखा प्रवेश गर्ने क्रममा उनलाई क्वारिन्टीनमा राखिएको हो । दुवै देशमा लकडाउन भए पछि ०७६ साल चैत्र २६ गते घर गएका उनी ०७७ बैशाख २५ गते गोरखा प्रवेश गर्दै गर्दा क्वारिन्टीनमा राखिएको गोरखा नगरपालिकाले जनाएको छ । रोजगार दाताको जिम्मा लगाइ पनि थप एकहप्ता उनलाई सेल्फ क्वारेन्टाइन्मा बस्न आग्रह गरिएको जनाइएको छ । भारतबाट भागेर गोरखा प्रवेश गर्न खोज्नेलाई क्वारिन्टीनमा राखिएको यो नै पहिलो घटना हो ।