गोरखा २७, बैशाख । मल कालोबजारी गर्ने गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर १ मा निवेलमा रहेको हिमालयन गोरखा एग्रो फर्म प्रालिका सञ्चालन सहित २ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । सञ्चालक श्रेष्ठले अनुमति समेत नलिई किसानहरुलाई चर्को मूल्यमा मल बिक्रि गरेका समाचार सार्वजनिक भएपछि प्रहरील पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
संचालक श्रेष्ठले हिमालयन गोरखा एग्रो फर्म प्रा.लि.नामको पसलबाट मूल्य सुची टाँस नगरी मूल्य भन्दा बढी दर रेट कायम गरी अनाधिकृत रुपमा स्थानीय कृषकहरुलाई बिभिन्न समयमा रसायनिक मल बेच बिखन गरे पछि किसानहरुले हिजो दिनभर उक्त फार्ममा घेराउ समेत गरेका थिए । सञ्चालक श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटी गएको बिशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।
श्रेष्ठको फर्ममा ५३ बोरा रसायनिक मल भण्डारण गरेको उक्त फर्मको कोठा सिल गरी गरिएको प्रहरीले जनाएको छ । प्रहरीले श्रेष्ठको फर्ममा निजका फर्ममा काम गर्ने रेशम श्रेष्ठलाई समेत पक्राउ गरेको हो । पक्राउ परेकाहरु माथी कालो बजार ऐन २०३२ अन्तर्गत कानूनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाइएको छ । उनीहरु माथी तर्फ अनुसन्धान भईरहेको जनाइएको छ । यस अघि शुक्रबार (हिजो ) नागरिक सवाल डटकमले उक्त फर्मले मल कालो बजारी गरी किसानलाई ठगेको समाचार प्रकाशन गरेको थियो ।