Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राष्ट्रपती भण्डारी र प्रधानमन्त्री ओली बिच शुक्रबार साँझ पनि भेटबार्ता : बैशाख यता मात्र आधा दर्जन पटक भेट


5.2K
Shares

राष्ट्रपती भण्डारी र प्रधानमन्त्री ओली बिच शुक्रबार साँझ पनि भेटबार्ता : बैशाख यता मात्र आधा दर्जन पटक भेट

फाइल तस्वीर ।

काठमाण्डौ २६, बैशाख । राष्ट्रपती बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बिच शुक्रबार साँझ भेटबार्ता भएको छ । पछिल्ला केही दिन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट बाकुलिएको हो । पछिल्लो समय राजनीतिक माहोल तातिरहँदा प्रधानमन्त्री र राष्ट्रपतिबीच भएका यस्ता भेटघाटले राजनीतिज्ञहरुमा आशंका उत्पन्न गराइदिएको छ ।

यसअघि प्रधानमन्त्रीले आफ्नै चाहनामा ल्याएको दुई अध्यादेश राष्ट्रपतिले तत्काल जारी गरिदिएपछि कुनै राजनीतिक ‘सरप्राइज कदम’ लिन खोजिएको त होइन भन्ने आशंका राजनीतिज्ञहरुमा परेको छ । वैशाख यता मात्र प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच आधा दर्जनभन्दा बढी भेटघाट भएको छ ।

शुक्रबार साँझ चाहिँ प्रधानमन्त्री ओली झन्डै आठ बजे राष्ट्रपति निवास पुग्न भएकोमा उहाँ रातको ११ बजेमात्र प्रधानमन्त्री निवास फर्किनु भएको थियो । पछिल्लो समय सत्तारुढ नेकपाका नेताहरुले नै राष्ट्रपतिले पार्टीभित्रको अन्तर्संघर्षमा ओलीलाई साथ दिएको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology