गोरखा २६, बैशाख । गोरखा जिल्लाभर औषधी, खाद्यान्य तथा निर्माण सामग्री बोक्ने सवारी साधनलाई जिल्ला भर निर्बाध रुपमा सञ्चालन गर्न दिइने भएको छ । जिल्ला सुरक्षा समिति तथा कोरोना भाइरस रोकथाम लागि गठित जिल्ला स्तरीय समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रसासन कार्यालय गोरखाका प्रमुख प्रशासकिय अधिकृत हर्क बहादुर रोकाले जानकारी दिनुभयो ।
बैठकले स्थानीय तहको सिफारिसका आधारमा अत्याबश्यक सवारी साधन र निर्माण सामग्री बोकेका सवारी साधनहरुलाई जिल्ला भर चल्न दिने निर्णय गरेको हो । त्यस्तै जिल्ला भित्रका कृषिजन् सामग्री, मल बिउबिजन, एग्रोभेट, खानेपानी तथा पशुपन्छी जन्य उत्पादन र बिक्रि बितरण गर्ने उद्योग पसल एवं संस्थाहरुलाई जिल्लाका सवै क्षेत्रमा निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने निणर्य बैठकले गरेको उहाँले बताउनुभयो ।
मालबाहक बस्तु ढुवानी गर्ने सवारी साधनहरुलाई सम्बन्धित उद्योग, पसल, संस्था र फर्म दर्त तथा सवारी साधनको कागजपत्र सहित सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा उक्त सवारी साधनले ढुवानीको सामग्री खुलेको तुल व्यानर र बोर्ड राख्नु पर्ने व्यवस्था पनि बैठकले गरेको छ । त्यस्तै जिल्ला भित्र निर्माण हुने आयोजनामा कामदार ल्याउदा कोरोना संक्रमित बाहेकको जिल्लाबाट ल्याउने निर्णय पनि बैठकले गरेको उहाँको भनाई छ ।