Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

गोरखाको बोर्लाङमा गरियो दीप प्रज्वलन


3.7K
Shares

गोरखाको बोर्लाङमा गरियो दीप प्रज्वलन

गोरखा २६, बैशाख । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा २५६३ औं बुद्धजयन्तीको अबसर पारेर बिहिबार साझँ दीप प्रज्वलन गरिएको छ ।

बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाएकाहरुको सम्झना तथा कोरोना बिरुद्धको लडाईमा अग्रमोर्चा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सन्मानमा बुद्ध जयन्तीको अबसरमा पारेर दिप प्रज्वलन गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

वडा स्थित स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, लगायत स्थानीयबासीहरुको सहभागितामा दीप प्रज्वलन गरिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार साँझ देशभर आफु बसेको ठाउँमा दीप प्रज्वलन गर्न आबहन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology