Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

शहिद लखन गाउँपालिकाले गर्यो सवै वडाको बजार अनुगमन :दर्ता नगरेका व्यवसायीलाई तत्काल दर्ता गर्न निर्देशन


2.4K
Shares

शहिद लखन गाउँपालिकाले गर्यो सवै वडाको बजार अनुगमन :दर्ता नगरेका व्यवसायीलाई तत्काल दर्ता गर्न निर्देशन

गोरखा २५, बैशाख ।गोरखाको शहिद लखन गाउँपालिकाले गाउँपालिका भित्रका अधिकासं व्यवसाय बिना दर्ता सञ्चालन भएको पाइएको भन्दै तत्काल दर्ता गरेर सञ्चालन गर्न निर्देशन दिएको छ । डकडाउनका बेला हुनसक्ने कालोबजारी, महंगी लगायतलाई मध्यनजर गर्दै गरिएको अनुमगनका क्रममा पालिका भित्र दर्ता नभई व्यवसायहरु सञ्चालन गरिएको पाइएको अनुगमनपछि गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै दर्ता भएका व्यवसायीहरुले पनि मूल्यसूची नराखेको, दर्ता प्रमाण पत्र देखिने गरी नराखेको पाइएको तथा अनुमति लिएका बाहेक अन्य सामग्रीहरु समेत राखेर बिक्रि गर्ने गरेको पाइएको जनाइएको छ । अनुगमनका क्रममा म्याद नाघेका स्टक सामग्रीहरु पनि बिक्रि कक्षमा नै राखिएको, व्यपारीहरु आफैले पनि म्याद नाधेका सामग्री हेरी नष्ट नगर्ने, फिर्ता समेत नगर्ने गरेको भेटिएको होे । त्यस्तै अन्तशुल्क इजाजत पत्र बिना नै मदिरा तथा सूर्ती जन्य पर्दाथहरुको बेचबिखन गरिएको पाइएको, अनुमति लिएकाहरुले समेत मदिरा तथा सूर्ती जन्य पर्दाथहरु र खाद्य सामग्री एकै ठाउँमा राखेको पाइएको बिज्ञप्तीमा जनाइएको छ ।

अनुगमनका क्रममा बिक्रिका लागि राखिएको खाद्य सामग्रीमा लेबल टाँस नगरिएको, मूल्य उल्लेख नभएको, उत्पादन मिति र उपभोग गर्ने मिति समेत उल्लेख नभएको पाइएपछि तत्काल त्यस्ता सामग्री हटाउन निर्देशन दिइएको छ । गाउँपालिकाले अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुहरु सिल गरी सोको बारेमा वडा कार्यालय मार्फत गाउँपालिकामा प्रमाण पेश गर्न समेत सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको अध्यक्ष थापामगरद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ ।

त्यस्तै अनिबार्य इजाजत पत्र लिएर मात्र व्यवसाय सञ्चालन गर्न, खाद्य बस्तु लेवल बिना बिक्रि नगर्न निर्देशन दिदै गाउँपालिकाले अब पुनः कानुन बिपरितको कार्य गरे कडा कारवाही गरिने जनाइएको छ । गाउँपालिकाले अध्यक्ष रमेशबाबु थापामगरको नेतृत्वमा गरिएको अनुगमनमा उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत जीवन आलेमगर, सम्बन्धित वडाका वडाध्यक्षहरु, वडा सदस्यहरु लगायतको सहभागितामा बिभिन्न ३ वटा टोली मार्फत बैशाख २१ गतेदेखि २४ गतेसम्म पालिका भित्रका ९ वटै वडाको बजार अनुगमन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology