Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

चुँदी कुमाल गाउँमा नरभक्षी चितवा र मानिस बिच भिडन्त : चितुवा मारियो


1.8K
Shares

चुँदी कुमाल गाउँमा नरभक्षी चितवा र मानिस बिच भिडन्त : चितुवा मारियो

गोरखा २५, चैत । तनहुँको भानुनगरपालिका–४ स्थित चुँदी कुमाल गाउँमा बिहिबार (आज) विहान मानिस चितुवा बिच भिडन्त हुँदा चितुवा मारिएको होे । बिहान करिब ४ बजेको समयमा नरभक्षी चितुवाले मासिनलाई आक्रमण गरेपछि मानिस र चितुवा बीच भएको हो । करीव ३ वर्षको २० किलो तौल भएको चितुवा मान्छेसँगको भिडन्तमा मारिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।
चितुवाको आक्रमणबाट नेपाली सेनाका पूर्व सैनिक ३६ वर्षिय रामबहादुर कुमाल घाईते हुनु भएको छ । घाईते कुमालले व्यवसायिक रुपमा पाल्नु भएको कुखुरा विहान झिसमिसे उज्यालोमा एक व्यक्तिले कुखुरा टिपेर भागेको देखेपछि चोरलाई कुमालको परिवारले लखेट्दै जाँदा वन छेउको चिलाउनेको रुखमा लुकेर बसेको चितुवाले एक्कासी मानिस माथि जाइलागेपछि दोहोरो भिडन्त भएको र चितुवा मरेको भानु नगरपालिकाको उपप्रमुख आशा थापाले जानकारी दिनुभयो ।

चार जना मिलेर कुखुरा चोरलाई लखेट्ने क्रममा जङ्गलमा लुकेको चितुवाले रामबहादुरलाई आक्रमण गरेर दुई जना भिडिरहेको अबस्थामा तीन जना मिलेर आक्रमणकारी चितुवालाई मुखमा ढुङ्गाहाली दा¥हा भाँचेर भाटा र दाउराले हानेर मारेको स्थानीय बासिन्दा तथा भानु नगरपालिकाका नायव सुब्बा शङ्कर रानाभाटले जानकारी दिनुभयो ।

५३ वर्षिय भरत कुमाल र उहाँको दुई छोराहरु २२ वर्षिय टिकाराम कुमाल, २० वर्षको सिताराम तीन जना मिलेर रामबहादुरलाई आक्रमण गरेको नरभक्षी चितुवालाई मार्न सफल भएको उहाँले जानकारी दिनुभयो ।  रानाभाटका अनुसार चितुवाले आँ गरेको बेला भरत कुमालले मुखमा ढुङ्गा हालिदिएपछि दा¥हा भाँचिएकोले मार्न सहज बनेको हो । पछि पछि आएको रामबहादुरको १२ वर्षिय छोरालाई चितुवाले आक्रमण गर्न खोजेपछि रोक्ने क्रममा चितुवाले आक्रमण गरेको र रामबहादुर बाहेक अन्य तीन जना भने सामान्य घाईते भएको डुम्रे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology