Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा चट्याङ लागेर २ जना घाइते


6.6K
Shares

गोरखामा चट्याङ लागेर २ जना घाइते

गोरखा २५, बैशाख । गोरखाको सिरानचोक गाउँपालिका–८ लाङदीबेसीमा आज चट्याङ लागेर २ जना घाइते भएका छन् । स्थानीयबासी राजु मिजारको घरमा परेको चट्याङका कारण राजु र उहाँकी श्रीमती सरिता मिजार घाइते हुनुभएको हो ।

चट्याङका कारण मिजारको घरमा राखिएको बिजुलीको मिटरबक्स पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

त्यस्तै चट्याङ लागेर घर नजिकै जोडिएको बाँस र जस्ता पाताले छाएको टहरा पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । चट्याङबाट मिजारको घरमा १५ हजार रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology