Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

लकडाउनको मौका छोपी सिमेन्टमा कालोबजारी गर्ने पक्राउ


1.2K
Shares

लकडाउनको मौका छोपी सिमेन्टमा कालोबजारी गर्ने पक्राउ

सिरहा २४, बैशाख । निर्धारित मूल्यभन्दा बढीमा सिमेन्ट बेच्ने एक व्यवसयाीलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा आएको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको प्रहरी टोलीले मिर्चैया नगरपालिका ५ मा रहेको भाग्य विद्याता आयरण स्टोर्सका सञ्चालक राजकुमार मगरलाई बढी मूल्यमा बेचेको १० बोरा सिमेन्टसहित आज नियन्त्रणमा लिएको हो ।

सञ्चालक मगर मिर्चैया ७ फूलबरीयाका टिकाराम पोखरेललाई सिमेन्ट बिक्री गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । स १ ह २७७९ नम्वरको अटोमा मारुती सिमेन्ट लोड गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयका डिएसपी सन्तु जयसवालले जानकारी दिनुभयो ।
सञ्चालक मगरले ७ सय ६० पर्ने सिमेन्ट पोखरेललाई ८ सय ६० को दरले बिक्री गरेको पाइएकोले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । प्रहरीले सञ्चाालक मगरसँग बिल माग्दा आफूले नै महङ्गोमा खरिद गरेकोले ८ सयका दरले बिक्री गरेको बताएका थिए ।

मगरले यहि बैशाख २१ गते राती जनकपुरका व्यपारी राजकुमार जैनसँग प्रतिबोरा ७ सय ६० का दरले ३ सय ५० बोरा सिमेन्ट खरिद गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology