Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

बोर्लाङको सरस्वती माबिले गर्यो पहिलो पटक अनलाइन प्रणाली मार्फत नजिता प्रकाशन


8.7K
Shares

बोर्लाङको सरस्वती माबिले गर्यो पहिलो पटक अनलाइन प्रणाली मार्फत नजिता प्रकाशन

गोरखा २३, बैशाख ।गोरखा जिल्लाको भिमसेन थापा गाउँपालीका ७ बोर्लाङ्गमा रहेको श्री सरस्वती माध्यामिक विद्यालयले मंगलबार पहिलो पटक अनलाईन प्रणाली मार्फत बार्षिक परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयले कक्षा ८ बाहेक बाल कक्षा देखि ९ कक्षा सम्मको बार्षिक परीक्षाको नतिजा मंगलबार प्रकाशित गरेको हो ।

यस पटक परीक्षाको नतिजा अनलाइन मार्फत समेत हेर्ने व्यवस्था गरेको श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेलले बताउनुभयो । ‘हामीले आज बार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्‍यौ, उहाँले भन्नुभयो, ‘पहिलो पटक हामीले नतिजा अनलाइन मार्फत समेत हेर्न मिल्ने व्यवस्था गरेका छौ । ’

अनलाइनबाट नै परीक्षाफल हेर्न मिल्ने भएपछी अभिभावकहरुलाइ सहज भएको उहाँको भनाइ छ । ‘अब घरमै बसेर आफ्नो बालबालिकाको रिजल्ट कस्तो आयो भनेर अभिभावकहरुलाइ थाहा हुन्छ, उहाँहरु स्कुलसम्म आउनु नपर्ने भएकाले सजिलो भएको छ’ प्रधानाध्यापक पौडेलले भन्नुभयो । भिमसेन थापा गाउँपालिकामा सरस्वती माध्यामिक बिधालयले ले नै पहिलो पटक परीक्षाफल अनलाइन मार्फत सार्वजनिक गरेको उहाँको भनाई छ ।

हामीले वि.स २०७५ सालमा अनलाइन सेवा सुरु गर्यौ विविध कारणले गत बर्षको परीक्षाफल अनलाइन मार्फत प्रकाशित गर्न सकेनौं, यस बर्ष भने प्रकाशित गरेका छौ, उहाँले भन्नुभयो । उहाँका अनुसार २८१ जना विद्यार्थी सहभागी रहेको परीक्षामा समग्रमा सम्पुर्ण विद्यार्थीको नतिजा राम्रो रहेको छ । परीक्षाको नतिजा http://.online.saraswatimavi.edu.np लग इन
गरेर हेर्न सकिन्छ ।


नतिजा यसरी हेर्नुस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology