काठमाण्डौ २१, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका काममा विशेष ध्यान दिन मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ ।
हिजोको नेकपा सचिवालय बैठकले पार्टीको आन्तरिक विवाद मिलाएको भन्दै अब पूर्ण रूपमा सरकारको काममा ध्यान दिन मन्त्रीहरूलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको हो ।