Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा गोली हानाहान


1.3K
Shares

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा गोली हानाहान

एजेन्सी २१, बैशाख । उत्तर कोरिया र दक्षिण कोरियाको सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच गोली हानाहान भएको छ । अन्तराष्ट्रिय समाचार संस्था एएफपीका अनुसार गैरसैन्य क्षेत्रमा आइतबार बिहान उत्तर कोरियाली सैनिकले गोली चलाएपछि दक्षिण कोरियालले जवाफी फायर गरेको हो ।

उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक भएको एक दिनपछि कोरियाली प्रायद्वीपमा दुई देशका सैनिकबीच गोली हानाहान भएको हो । दक्षिण कोरियाली सेनाको सुरक्षा पोस्टलाई लक्षित गरी उत्तरबाट पटक–पटक गोली प्रहार भएपछि जवाफी फायर गरिएको दक्षिण कोरियाली सेनाले जानकारी दिएको छ ।

दक्षिण कोरियाली अधिकारीले पछिल्लो घटनाका बारेमा सैनिक हटलाइनमार्फत बुझिरहेको पनि जनाएको छ । सन् १९५३ मा दुई कोरियाली देशबीचको युद्ध प्राविधिक रुपमा समाप्त भए पनि बेलाबेला तनाव सिर्जना हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology